Logo

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य



काठमाडौं,१८ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको छ ।

नेपालका लागी सूंर्यसु कोइरालाले ४३ रनको योगदान दिएका छन् । भने निरजकुमार यादवले ४२ रन जोडेका छन् त्यस्तै कप्तान अभिषेक तिवारीले २५,सन्तोष यादवले १८,प्रतिक भट्टराई र दीपुक्मारले समान १२ १२ रनको योगदान दिएका छन् ।

बलिङतर्फ सिंगापुरका हरिहरानले तीन तथा कवीर बेर्लिया र हरिस भेनकार्थमले समान दुइृ-दुई विकेट लिए ।

अहिले नेपालले दिएको १८५ रनको लक्ष्य पछयाएर मलेसिया जवाफी ब्याटिङमा उत्रँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot