Logo

गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा प्रचण्डले गरे पश्चात्ताप



काठमाडौं,१८ असार । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गर्न चुकेकोमा पश्चताप लागेको बताएका छन् ।

स्वः कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने‘गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो’, ।



प्रतिक्रिया दिनुहोस्

Screenshot