Logo

कानुन व्यवसायी आजपनि आन्दोलनमा



काठमाडौं, १८ असार । कानुन व्यवसायीहरुले न्यायलयको सुद्धीकरणका लागि भन्दै आज पनि आन्दोनल कायम राखेका छन् । ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले आज पनि आन्दोलन कायमै राखेका हुन् । आफूसँग सम्बन्धित मुद्दाको आदेश हेर्न माग्दा नासु तामाङले खाजा खर्च भन्दै घुस मागेपछि विवाद भएको अधिवक्ता लामिछानेले बताउँदै आएका छन् । ललितपुर बारले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेपनि अदालत प्रशासनले सिसिटिभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो ।

नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानुन व्यवसायीहरुको आरोप छ । अहिले सर्वोच्च अदालत बार एशोसिएशनसहित उपत्यकका रहेका काठमाडौं जिल्ला अदालत बार एकाइ, ललितपुर जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, काभे जिल्ला अदालत बार, विशेष अदालत बार, पाटन उच्च अदातल बार एकाइसमेतले संयुक्त सभा गरेर उक्त कार्यको भत्र्सना गरिरहेका छन् ।

घटनापछि ललितपुर जिल्ला अदालत प्राङ्गणबाटै पक्राउ परेका अधिवक्ता लामिछाने हिजो साधरण तारेखमा रिहा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्