Logo

सिंगापुरलाई हराउँदै नेपाल फाइनल प्रवेश



काठमाडौं,१८ असार । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलअन्तर्गत सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १८५ रनको चूनौतीपूर्ण लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रीएको सिंगापुर ३१ दशमलव ३ ओभरमा ८७ रनमा अलआउट भएको छ । सिंगापुरका लागि रोहन रबिचन्द्रनले सर्वाधिक २४ रन बनाएका छन् । त्यस्तै प्रनव धानुकाले १४ र बविर ब्रिलाले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा आउट गर्न नेपालका किर्तिक कामतले ३ तथा नरेन भट्ट, अशोक धामी,सन्तोष यादव प्रतिक पोखरेल र कप्तान अभिषेक तिवारीले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएर १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागी सूंर्यसु कोइरालाले ४३ रनको योगदान दिएका छन् ।भने निरजकुमार यादवले ४२ रन जोडेका छन् त्यस्तै कप्तान अभिषेक तिवारीले २५,सन्तोष यादवले १८,प्रतिक भट्टराई र दीपुक्मारले समान १२-१२ रनको योगदान दिएका छन् ।

बलिङतर्फ सिंगापुरका हरिहरानले तीन तथा कवीर बेर्लिया र हरिस भेनकार्थमले समान दुई-दुई विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot