Logo

……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको अभियानमा सतप्रतिशत साथ रहेको बताएका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारका सन्र्दभमा कुनै पार्टी र पदको सरोकार नराखेर प्रधानमन्त्री अगाडि बढेको खण्डमा सिँगो देश र जनताले साथ दिन तयार रहेको उनले बताए ।

‘भ्रष्टाचारका विरुद्धमा जोसुकै परेपनि छोड्दिन भनेर संकल्पको साथ अगाडि बढ्नु भएको छ, हामी सबको सतप्तिशत साथ छ । यो पार्टी, त्यो पार्टी हिजोको प्रधानमन्त्री भएको थियो, को उपप्रधानमन्त्री भएको थियो यसले कुनै सरोकार राख्दैन । यसमा कुनै इफ, बट केही पनि छैन । यसरी प्रधानमन्त्री अगाडि बढ्दै गर्दा सिंगो देशले साथ दिइरहेको छ । दिन्छ, दिँदोरहेछ,’– उनले भने ।

साथै भ्रष्टाचारविरुद्धको अभियानजस्तै विश्वविद्यालयलाई पनि राजनीतिबाट अलग गर्ने बेला आएको उनको भनाई छ । प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनीतिक रुपले सचेत हुन आवश्यक रहेपनि दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन निषेध गर्नुपर्ने उनको माग छ । सरकारले यति गर्न नसकेको खण्डमा यो अपराधले राजनीतिक दल र राजनीतिककर्मीलाई थिच्ने र यसबाट कहिल्यै पनि मुक्ति पाउन नसकिने उनको भनाई छ ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्