Logo

दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव : नेता कोइराला



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाप्रसाद कोइरालाका कारण सम्भव भएको बताएका छन्।

सोमबार बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले गिरिजाप्रसादका कारण नै दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताएका हुन्।

उनले भने, ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो।’

गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा नहुने भन्दै उनले भने, ‘उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो। त्यो निर्णय क्षमता विरलै नेताहरूमा पाइन्छ।’



प्रतिक्रिया दिनुहोस्