काठमाडौं,१८ असार । बागमती प्रदेशसभामा निरन्तररुपमा भईरहेको अवरोध हटेको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले बजेटप्रति असन्तुष्टि जनाउँदै गरेको अवरोध आजबाट हट्ने भएको छ ।
सरकरा र प्रतिपक्षी दलबीच आज भएको वार्तामा बजेटबारे एमालेले सरकारलाई लिखित सुझाव दिने र सरकारले उक्त सुझावलाई बजेटमा समावेस गर्ने सहमती भएको छ ।
आजको सर्वदलिय बैठकमा एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेल, अर्थमन्त्री बहादुर सिंह लामा,माओवादीका मुख्य सचेतक रत्न ढकाल तथा राप्रपा दलको नेता उद्धव थापा सहभागी थिए । सहमतिसँगै आज २ बजे प्रदेश सभा बैठक बस्नेछ ।
विपक्षीको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गर्दै आएका थिए ।