काठमाडौं,१८ असार । बागमती प्रदेशसभाको बैठक फेरी स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक सूचना टास गरि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको निरन्तर अवरोधको चेपुवामा परेको प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
आजको बैठकमा एमाले राप्रपासहितका विपक्षी दलले अवरोध नगर्ने सहमती भएको छ । आज विहान बसेको सर्वदलिय छलफलमा जुटेको सहमति अनुसार एमालेले बजेटमा देखिएका समस्या र सूझावलाई समेटेर लिखितरुपमा सरकारलाई सुझाव दिने र सरकारले उक्त सुझावलाई बजेटमा समेट्ने सहमती भएको छ ।