Logo

बागमती प्रदेश: एमाले-राप्रपाले उठाएका एजेण्डालाई बजेटमा समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता



काठमाडौं,१८ असार । लामो रस्साकस्सी पछि बागमती प्रदेशसभाको बैठक सूचारु भएको छ ।

सरकारले प्रस्तुत गरेको विनियोजित बजेटमा प्रतिपक्षीका एजेण्डा नसमेटिएको भनदै एमाले-राप्राले निरन्तर अवरोध गरेपछि प्रभावित भएको प्रदेश सभाको बैठक सत्तारुढ दल र प्रतिपक्षीदल एमाले-राप्रपाबीच भएको सहमति अनुसार सूचारु भएको छ ।

आजको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बजेटलाई सच्याएर प्रतिपक्षीका मुद्दाहरु सम्बोधन गर्ने प्रतिविद्धता जनाएका छन् ।

प्रदेशसभाको बैठकमा विशेष समय माग गरेर बोल्दै अर्थमन्त्री लामाले प्रतिपक्षी        दलहरुका योजनालाई पनि समोवश गर्ने प्रतिवद्धता जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot