Logo

नक्कली शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा सरकारले उल्लेखनीय काम गरेको महराको दाबी



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको काम कारबाही सकारात्मक दिशामा रहेको बताएका छन् । आज (सोमबार) संवाद डबलीमा दूर सञ्चारको बिकासबारे सरोकारवालाबीच विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नोतर्फबाट सक्नेजति काम गरिरहेको बताएका हुन् ।

‘सरकारका सबै काम कारबाहीहरु अहिले सकारात्मक दिशामा अगाडि बढेको छ । सरकारले जतिसक्छ त्यत्ति गर्ने हो । अहिले कोलिसनको सरकार छ । हामी सरकारमा छौं । हाम्रो अवसर छ । तर, चुनोति पनि छ,’– उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको छानविन अहिलेको सरकारको मुख्य उपलब्धी भएको उनको दाबी छ । साथै, शैक्षिकशत्र अगावै सबै विद्यालयमा पाठ्युस्तक पुग्नु, मिटरव्याजी समस्या समाधानको दिशामा अगाडि बढ्नु पनि सरकारको उपलब्धी भएको उनले बताए ।

‘अहिले हामीले नक्कली भुटानी शरणार्थी र ललिता निवास सम्बन्धी जुन कारबाही सुरु गरेको छौं त्यो उल्लेखनीय उपलब्धी हो । त्यसमा हामीले सरकारलाई धन्यवाद दिनुपर्छ । सरकारको उल्लेखनीय कामको प्रगतिको कामना गर्नुृपर्छ । त्यस लगायत केही उल्लेखनीय कामहरु भएका छन्, नभएका कामहरु भएका छन्,’– उनले भने । File photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्