Logo

सांसदको गुनासो:‘हामी त तेस्रो दर्जाका सांसद रहेछौं’



काठमाडौं,१८ असार । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता सोनाम गेल्जेन शेर्पाले बजेट विनियोजन गर्दा सांसदहरुलाई तीन स्तरमा निर्धारण गरिएको भन्दै गुनासो गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विभिन्न मन्त्रालयमाथिको खर्च कटौती गरिओस भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्नेक्रममा उनले तेस्रो दर्जाका सांसदहरुलाई सबैले हेपेकोभन्दै गुनासो गरेका हुन् ।

‘सांसहरु पनि हामी ३ स्तरका सांसदहरु रहेछौं । एउटा पहुँचवाला सांसद, मन्त्रीसन्त्री हुने, ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, विरोध गरेर पनि अलिअलि पैसा लाने । अनि हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पछडिएका जातबाट आएकाहरु चाहिँ तेस्रो दर्ताको सांसद पर्दो रहेछौं । न बजेट लान सक्छ । न केही गर्नसक्छ’ शेर्पाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot