Logo

महरा भन्छन्: ‘सञ्चारमा सबैभन्दा लोकप्रिय मै हुँ’



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले सञ्चार जगतमा आफू सबैभन्दा बढी लोकप्रिय रहेको बताएका छन् । आज (सोमबार) संवाद डबलीमा दूर सञ्चारको बिकासबारे सरोकारवालाबीचको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सञ्चारमन्त्री र पटक–पटक पार्टी प्रवक्ता भएको बताउँदै सञ्चार क्षेत्रमा सफल रहेको दाबी गरेका हुन् ।

‘म पार्टीको मान्छे हुँ र पार्टीको प्रवक्ता पनि हुँ । महरा चाहिँ सञ्चारसँग लोकप्रिय हुनुभएन कि भन्नु हुन्छ । सबैभन्दा लोकप्रिय मै हुँ । म भूमिगत बेलामा ५८ सालदेखि पार्टीको प्रवक्ता हुँ । त्यसपछि सरकारको प्रवक्ता, पार्टीको प्रवक्ता, अहिले पनि प्रवक्ता छु,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्