Logo

देशमा सरकार बनाउने,टिकाउने र भत्काउने उद्योग फस्टाएको छ : सांसद मिश्र



काठमाडौं,१८ असार । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता नारायणदत्त मिश्रले सरकारले सार्वजनिक गरेको विनियोजित बजेटले मुलुकमा उत्साह प्रदान गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोेमबारबाट राष्ट्रियसभामा सुरु भएको २०८०-८१ विनियोजित बजेट माथिको छलफलमा भाग लिदै मिश्रले सरकारको नीति तथा कार्यक्रम आउँदा जति उत्साह देखिएको थियो,त्यो उत्साह बजेट आएको दिन सकिएको बताएका छन् ।

‘विनियोजित बजेट आउँदा देशको अनुहारमा कतै कान बहिरा,कतै आँखा साना,जिब्रोले दुई चारवटा भन्दा स्वादै थाहा नपाउने जस्तो,हात मसिना,खुट्टा लंगडा हुन कि,पेटमात्रै फुलेको हो कि, हड्डी कमजोर भएर कुप्रो भएको जस्तो देखिन्छ’सांसद मिश्रले भने

सरकारको बजेट उद्योध क्षेत्रमा लगाउन नसकेको भन्दै उनले नेपालमा अन्य सबै उद्योग धरासायी बन्दा सरकार टिकाउने,बनाउने र गिराउने उद्योग भने निक्कै फस्टाएको टिप्पणी गरेका छन् ।

फरक प्रसंगमा सांसद मिश्रले बजेट कार्यान्वयन प्रणालीलाई सूधार गर्न दण्ड पुरस्कार प्रणालीमा जोड दिन पनि माग गरे “विनियोजन बजेटको समयमा कार्यान्वयन गर्ने,भए र नभएको रेखदेख र नियन्त्रण गर्ने, कार्यान्वयन गर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्न आवश्यक छ, “विनियोजन बजेटको कसरी सदुपयोग हुन्छ भन्नेतिर मन्त्रालय, विभाग,  जिल्लाका कार्यालय, प्रदेश र गाउँपालिका कार्यालयसमेत उचित निर्देशन जाओस् ।”उनले भने,



प्रतिक्रिया दिनुहोस्