Logo

अन्तिम संस्कार दरौंदी नदीमा होस् भन्ने बाबुरामको चाहना



काठमाडौं, १८ असार । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो अन्तिम संस्कार गोर्खा भएर बग्ने दरौंदी नदीमा गराउन भनेको बताएका छन् । गोर्खामा रहेको पूख्र्यौली घरमा बसेर रेकर्ड गरिएको एक भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनले जीवनको अन्तिम कालखण्ड गोर्खामै विताउने संकल्प गरेको बताएका छन् ।

‘जुन ठाउँमा म जन्मिएँ, जुन ठाउँले मेरो परिचय बनायो । त्यसैले मेरो जीवनको अन्तिम कालखण्ड म यही नै बिताउने छु भन्ने पनि मेरो संकल्प हो । त्यसो भएको हुनाले अब यो मरेपछि के हुन्छ भन्ने  त सोच्ने विषय होइन । यो तैपनि मैले भावनात्मक ढंगले म मरेपछि चाहिँ मेरो अन्तिम संस्कार दरौंदी नदी बीचबाट बग्छ गोर्खाको , त्यहाँ नै मेरो अन्तिम संस्कार गरिदिनुहोला भनेर मैले सार्वजनिक कार्यक्रममा बोलेको थिएँ । सायद मेरो जीवनको विर्सजन यही ठाउँमा हुन्छ,’– गोर्खाको पूख्र्यौली घरमा बसेर रेकर्ड गरिएको भिडियो सन्देशमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्