काठमाडौं,१८ असार ।लुम्बिनी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजि बजेटमाथिको सामान्य छलफल सकिएको छ ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सामाजिक विकासमन्त्री धनबहादुर मास्कीले विनियोजित बजेटमाथिको सामन्य छलफल प्रारम्भ होस् भन्ने प्रस्ताव प्रदेश सभासमक्ष पेस गरेका थिए ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आजपनि आफ्नो अवरोधलाई जारी राखेको छ । सरकारले विनियोजन गरेको आर्थिक वर्षको बजेटप्रति असन्तुष्ट रहेको एमालेले आजपनि विरोध गर्दै प्रदेश सभामा नारावाजी गरेको थियो ।
एमालेको विरोधकै बावजुद प्रदेश सभामुख तुलाराम घर्तीले बैठक सञ्चालन गरेका थिए । एमालेले भने निरन्तर नारावाजी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले बजेटमा विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने भनेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । एमालले सरकारले ल्याएको ०७५-०७६ का यताका बजेटमा रहेका क्रमागत योजनाहरुमा यसपालि बजेट कतौती गरेको र प्रदेशका निर्देशनालय खारेज गर्न खोजेको भन्दै विरोध जनाउँदै आएको छ ।