Logo

झापाका मात्रै हैन देशभरिका जनतालाई माया गर्छु : अध्यक्ष ओली



काठमाडौं, १८ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका मात्रै नभइ देशभरीका जनतालाई आफूले माया गर्ने बताएका छन्।

सोमबार भक्तपुरमा ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू झापाको मात्र नभइ देशभरीका जनतालाई माया गर्ने बताएका हुन्।

उनले भने,‘झापाको मात्रै कुरा होइन नि। म देशभरिका जनतालाई माया गर्छु। झापाको बाटो बनाउने कुरा होइन म देशभरि बाटो बनाउँछु। झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरिका देशभरिका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो। मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरूलाई मात्रै होइन, देशभरिका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो। यो बापत मैले श्रेय पाउँ भनेर होइन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot