Logo

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ



काठमाडौं,१९ असार । एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिताको उपाधीका लागि मलेसियासँग प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नरेन भट्टको उत्कृष्ट ब्याटिङसँगै नेपाल विशाल योगफलतर्फ अघि बढेको छ ।

ताजा अवस्थामा नेपालले २९ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर २०१ रन बनाएर खेलिरहेको छ । नेपालको क्रिजमा रहेका नरेन भट्ट ८२ र सन्तोष यादव २४ रन बनाएर खेलिरहेका
छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot