Logo

मलेसियाविरुद्ध नरेन भट्टको शानदार शतक



काठमाडौं,१९ असार । एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका नरेन भट्टले शानदार शतक प्रहार गरेका छन् ।

८३ बलको सामना गरेका नरेनले ९ चौका र २ छक्काको मद्दतमा नटआउट १०२ रन बनाएर खेलिरहेका छन् ।

ताजा अवस्थामा नेपाल ३३ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर २४४ रन
बनाएर खेलिरहेको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot