Logo

संसद्को आयु नै कति हुने हो भन्ने स्थिति छः महासचिव गुरुङ (भिडियोसहित)



काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले संसद्को आयु नै कति हुने हो भन्ने स्थिति आइरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् र सरकारको आयुको कुनै ठेगान नरहेको बताएका हुन् । यस्तो अवस्थामा देशको राजनीतिक अवस्थालाई स्थिरता र स्थायित्व दिनका लागि राष्ट्रिय सहमतिको अवस्यकता रहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसको पहल गरिरहेको उनको भनाई छ ।

‘निश्चित रुपले चुनौतिहरु छ, त्रिसंकुच संसद् छ । कसैको पनि मेजरिटी छैन । एकातर्फ त्रिसंकुच खाल्को संसद् छ, अर्कोतर्फ सोच र विचारको हिसाबले एकले अर्कोलाई निषेध गर्ने प्रकारका चिन्तन प्रवृत्तिहरु पनि विद्यामान रुपामा छन् । त्यसले गर्दाखेरि अब संसद्को आयु नै कति हुने हो कि नहुने हो ? टिक्ने हो कि नकिक्ने हो ? या के हुने हो भन्ने खाल्को स्थिति, सरकार के हुन्छ, कसो हुन्छ भन्ने प्रकारको स्थिति, निश्चिय पनि तरलताको अवस्था छ,’– महसचिव गुरुङले भने ।

अहिलेको विशिष्ट अवस्थालाई ध्यानमा राखेर आपसी, सहमति, सहकार्य, सद्भाव र समझादारीको हिसाबले अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाई छ । संदद् विघटन हुने, माध्यावधि हुने, सरकार फेरबदल हुनेजस्ता घटनाले लोकतन्त्रमात्रै संकटमा नपरेर राष्ट्रियतामाथि नै गम्भीर असर पर्ने उनको बुझाई छ । साथै, अहिलेको अवस्थामा सरकारको नेतृत्वका लागि प्रधानमन्त्री प्रचण्डको विकल्प नरहेको उनको दाबी छ ।

‘जतिसुकै तरलताको अवस्था भएपनि, चुनौति भएपनि अहिलेको वस्तुगत अवस्था भनेको स्थिरता, स्थायित्व र निरन्तरताकै अवस्था हो । निरन्तरतामा लेजान सकिएन, स्थिरता र स्थायित्व कायम राख्न सकिएन भने, संदद् विघटन हुने, माध्यावधि हुने, सरकार फेरबदल भइरहने यो प्रक्रियाबाट जान थालियो भने राष्ट्रियतामाथि नै गम्भीर प्रकारका असर पर्न जान्छ,’–उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot