काठमाडौं, १९ असार । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
डा चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत थिए। उनलले आज कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसकेका छन्। क्यान्सर अस्पतालमा यसअघि डा विष्णुदत्त पौडेल निर्देशक थिए।