Logo

प्याब्सकले गर्‍यो गुरूपूर्णिमाको अवसरमा ३२ शिक्षकहरूलाई सम्मान



काठमाडौं, १९ असार । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) काठमाडौँले गुरू पूर्णिमका अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच प्याब्सकले विभिन्न ३२ वटा विद्यालयका शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौंका अध्यक्ष राजन श्रेष्ठले सभापति रहेका थिएभने पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि, चिन्तामणि योगी विशिष्ट अतिथि र नेसनल ब्यापसनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी, केन्द्रीय सचिव सुवास न्यौपाने, व्यापसकका प्रमुख सल्लाहकार ग्रेन्द्र लामा, नेसनल ब्यापसनका अध्यक्ष खड्ग बहादुर बस्नेत अतिथि रहेका थिए।

कार्यक्रममा प्याब्सकमा आवद्ध विभिन्न ३१ विद्यालयका शिक्षिकाहरूलाई सम्मान गरिएको हो। प्रमुख अतिथिले उनीहरूलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए।

कार्यक्रममा प्याब्सकमा आवद्ध विभिन्न ६० वटा विद्यालयमध्ये ४० वटा विद्यालयहरूको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा विभिन्न विद्यालयबाट सिफारिस भएका शिक्षक शिक्षिकालाई सम्मान गरिएको प्याब्सकले जनाएको छ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले गुरूहरूप्रति पछिल्लो समय आदारभावमा कमी आएको बताए। उनले इतिहासदेखि गुरु शिष्य परम्परालाई आत्मसात गर्दै अगाडि बढेको हाम्रो समाजले गुरूप्रतिको सम्मानमा कहिल्यै आँच पुर्याउन नहुने बताए।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि चिन्तामणि योगीले गुरु शिष्यबीचको अन्तरसम्बन्धलाई प्रष्ट पार्दै सदियौँदेखि चलिआएको एकापसको परम्परा लाई अगाडि बढाउन आवश्यक रहेको बताए।

यस्तै, कार्यक्रममा सभापति एवं मनास्लु कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले गुरूपूर्णिमामा प्याब्सकले आयोजना गर्दै आईरहेको कार्यक्रमबाट शिक्षकहरूमा हौसला मिलेको आफुले विश्वास लिएको बताए। उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्