Logo

आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झट्का



काठमाडौं,१९ असार । आइसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्रतिस्पर्धामा आयरल्याण्डविरुद्ध नेपाललाई तेस्रो झट्का लागेको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । ३५ बलको सामना गर्दै १ छक्का र २ चौकाको द्दतमा २९ रन बनाएका पौडेल क्रुटिस क्याम्पीएरबाट आउट भएका हु्न ।

ताजा अवस्थामा नेपाल २४ ओभरमा तीन विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ । नेपालको क्रिजमा अहिले भीम सार्की र अर्जुन साउद रहेका छन् । साउद ४५ रन बनाएर खेलिरहेका छन् भने सार्की रनविहीन छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot