काठमाडौं,१९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत जिम्बावेमा जारी सातौं स्थानका लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको नेपालले मध्ययम प्रदर्शन गर्दै ४ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटकारुपमा ओपनर अर्जुन साउदलाई गुमाएको हो । आसिफ शेखको स्थानमा मैदान भित्रिएका साउद ४८ रनमा आउट भएका हुन् । ८४ बलको सामना गरेका उनले २ छक्का र ३ चौका प्रहार गर्दै ४८ रन बनाएका थिए । उनी अर्धशतबाट मात्रै २ रन टाढा थिए ।
ताजा अवस्थामा नेपालले २७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ११० रन बनाएको छ । अहिले नेपालको क्रिजमा भीम सार्की र कुशल मल्ल रहेका छन् ।