Logo

पर्यटनले विकास गर्ने मात्रै होइन विध्वंश पनि ल्याउन सक्छ : शेर्पा



काठमाडौं, १९ असार । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै शेर्पाले पर्यटनले विकास मात्र नभइ विध्वंशपनि ल्याउने बताएका हुन्।

उनले भने, ‘आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस्। त्यहाँ सिजनल टुरिष्ट बस्दाखेरी कति प्रदुषण भएको छ। त्यसतर्फ सरकार गम्भिर छ कि छैन त? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन? म त केही पनि देख्दिन। पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंश पनि ल्याउन सक्छ। त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot