Logo

ललिता निवास प्रकरण : अब संगठित अपराधमा अनुसन्धान हुने



काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूमाथि संगठित अपराधको अनुसन्धान गर्न अदालतले अनुसन्धान दिएको छ।

काठमाडौँ सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा किर्तेमा प्रारम्भिक अनुसन्धान भएको सो मुद्दालाई संगठित अपराधमा अनुसन्धान गर्न र सो मुद्धा रूपान्तरणका लागि अनुमति मागेको थियो।

अनुमति पाएसँगै अब केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरू माथि संगठित अपराधअन्तर्गत ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ।

यस अगाडि ब्युरोले सरकारी किर्ते मुद्दामा अनुसन्धान गरिरहेको थियो।



प्रतिक्रिया दिनुहोस्