Logo

सरकारको राजस्व उठ्ने तस्विर हेर्दा अत्यन्तै डर लाग्दो छ : चौधरी



काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व उठ्ने तस्विर अत्यन्तै डर लाग्दो रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले सरकारको राजस्व उठ्ने तस्विर अत्यन्तै डर लाग्दो रहेको बताएका हुन्।

उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्वीर हेर्दा अत्यन्तै डर लाग्दो छ। १७ असारसम्म ९ खर्बको हाराहारीमा मात्रै उठ्नु र हाम्रो साधारण खर्च नै १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot