Logo

राष्ट्रपति पौडेल दिल्ली जाँदा लागेको खर्च भुक्तानीका लागि ताकेता



काठमाडौं, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली जाँदा लागेको खर्चको भुक्तानीका लागि पत्राचार भएको छ।

सोमबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई भुक्तानीका लागि पत्राचार गर्दै राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित स्वास्थ्य उपचार खर्च ५५ लाख २ हजार २७९ रूपैयाँ अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot