Logo

जसपाले आज माइतीघरमा प्रदर्शन गर्ने



काठमाडौं,२० असार । जनता समाजवादी पार्टी नेपालले आज काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना गर्ने भएको छ ।

गत असार १७ जुम्लामा भएको दलित थरको केटाले उच्च जातको केटी भगाएको भन्दै केटी परिवारले एक घरमा आगजानी गरेको विषयमा विरोधस्वरुप जसपाले आज प्रदर्शन गर्न लागेको हो ।

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित मुकुन्द नेपालीको घर केटीका दाजु हिक्मत गिरीले आगजानी गरेका थिए । हिक्मतको आगजानीबाट मुकुन्दको घर पूर्णरुपमा क्षति पुगेको थियो ।

जसपाले आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्