Logo

नयाँ सरकार निर्माणको चर्चा, सिंगापुरबाट फर्किएफछि किन मौन छन् देउवा ?



काठमाडौं, २० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक मौन जस्तै देखिएका छन्।

गत जेठ ३० गते राति उपचारका लागि सिंगापुर गएका देउवा असार ८ गते राति काठमाडौं ओर्लिएका थिए।

देउवा सिंगापुरमा रहँदा सत्तागठन्धनमा रहेका केही दलहरूले समाजवादी मोर्चा बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग देउवा रूष्ट भएको र एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउने खबरले राजनीतिक बजार तात्यो।

काठमाडौं ओर्लिएदेखि कुनै सार्वजनिक कार्यक्रममा नदेखिएका देउवा सोमबारको सत्तागठन्धनको बैठकमा पनि देखिएन। उनको पछिल्लो धारणाहरू कुनै सञ्चारमाध्यमहरू वा उनको सचिवालयबाट पनि बाहिरिएका छैनन्।

योसँगै देउवाले पछिल्लो समय के गरिरहेका छन् भन्ने चासोको विषय बनिरेहको छ।

देउवा निकट स्रोतका अनुसार उनी पछिल्लो पटक कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। उसैपनि सञ्चारमाध्यमहरूमा अन्तर्वाता दिनबाट टाढै मानिएका देउवा कुनै कार्यक्रमहरूमार्फत आफ्नो धारणा व्यक्त गर्ने गर्छन्।

सिंगापुरदेखि आएर कुनै सार्वजनिक कार्यक्रममा देउवा सहभागी नभएको र धुम्बराहीस्थित् निवासमा कार्यक्रताहरूसँग भेटघाटमै दिनचर्या बिताइरहेको देउवा निकट स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ।

स्रोतका अुनसार देउवाले अहिले पार्टीका शीर्ष ५ नेताहरूको बैठक आफ्नो निवास डाकेका छन्। उनले केन्द्रीय समितिको बैठकको एजेन्डातय र समसामायिक राजनीतिक विषयमा छलफलका लागि शीर्ष ५ नेताको बैठक राखेका हुन्।



प्रतिक्रिया दिनुहोस्