काठमाडौं, २० असार । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले वर्तमान सरकारका कारण आज ठूला माछाहरू जेलको छिँडीमा कैदी बनिरहेको बताएकी छिन्।
बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालका कारण आज ठूला माछाहरू जेलको छिँडीमा कैदी बनिरहेको बताएकी हुन्।
उनले भनिन्, ‘नेपाल सरकारले भ्रष्टाचार विरूद्धको अभियानलाई साहसपूर्वक अघि बढाएको छ। आज ठूला माछाहरू जेलको छिँडिमा कैदी बनेर बिताइरहेका छन्। आज यस्ता मान्छेलाई कैदी बनाउन हिम्मत गर्ने र मुलुकको कायापलट गर्ने उहाँले सपना देख्नुभएको छ। हिजो प्रधानमन्त्रीज्यूले वर्ग संघर्ष गर्न कासन गरेकाले हामी जस्ता युवाहरू बलिदान गर्न तयार भयौं।’