Logo

राष्ट्रियसभाबाट एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, प्रतिनिधिसभामा पनि माग्ने



काठमाडौं, २० असार । बुधबार बसिरहेको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ।

एमाले संसदीय दलको बैठकको निर्णयअनुसार राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले संसद् अवरूद्ध गरेको छ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा पनि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने तयारी गरेको छ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति देशविरोधी भएको भन्दै एमाले संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

file photo



प्रतिक्रिया दिनुहोस्