काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले संसद् अवरोध हुनु दु:खद कुरा भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता पुनले संसद् अवरोध हुनु दु:खद कुरा भएको बताएका हुन्।
उनले भने, ‘देशभरमा मिटरब्याजपीडित आन्दोलन भइरहेको अवस्थामा कानुनी शून्यता हुने भयो। कोही थुनामा रहेका छन्, कोही मुद्दा चलिरहेकाले अवस्था जटिलता बनेको छ। यो दुःखद् कुरा हो।’