काठमाडौं,२१ असार । लेखक तथा वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक परेको छ ।
थापाका पिता काभ्रे निवासी ८९ वर्षीय केदारबहादुर थापाको बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई सातादेखि बिरामी ८९ वर्षीय केदारलाई काभ्रेबाट उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।
स्वर्गीय थापा दुई सातादेखि बिरामी थिए । उनको पशुपति आर्यघाटमा आजै बिहान ११ बजे अन्तयेष्टि गरिने तयारी छ । स्वर्गीय थापाका ६ छोरा र दुई छोरी छन् ।