Logo

उपभोक्ता समितिका अध्यक्ष कुट्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा



काठमाडौं,२१ असार । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेपछि कास्की माछापुच्छ्रे गाउँपालिकाका एक वडाध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको जाहेरी परेपछि वडाध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

चैतमा उपभोक्ता समिति गठन भएर पनि जेठमा मात्रै निर्माण सम्झौता गरेको, उपभोक्ता समितिले गैरकानुनी रुपमा ठेक्का लगाएको, काममा ढिलासुस्ती गरेको र गुणस्तरहिन काम गरेको भन्दै वडाध्यक्ष गुरुङले उपभोक्ता समिति अध्यक्ष भण्डारीलाई कुटपिट गरेको जोहीवालाको आरोप रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot