Logo

सत्तारुढ दलको निष्कर्षः प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने



काठमाडौं, २१ असार । सत्तारुढ दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागिनुलाई एमालेको असंसदीय कदमको संज्ञा दिएका छन् । आज (बिहीबार) बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन आवश्यक नरहेको निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर उनकी छोरीले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ को विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधि सभामा अवरोध गरेको छ । एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग राखेको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायत सहभागी थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot