Logo

तीन दिनभित्र जवाफ पेश गर्न क्यानका महानिर्देशकलाई मन्त्रिपरिषद्को निर्देशन



काठमाडौं, २१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सात दिनको समय सीमा दिएर सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मन्त्रिपरिषद्ले एक्सन दिने भएको छ ।

हिजो (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले के कति कारणले जवाफ नपठाएको हो स्पष्ट पर्न तीन दिनको समय सीमा दिएर पत्र काटेको छ ।

‘प्रस्तुत विषयमा यस मन्त्रालयको प.सं. २०७९/८० च.नं. १२३२ मिति २०८०/०३/११ को पत्रबाट तपाईबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) मिति २०८०/०३/२० को निर्णयबमोजिम अनुरोध छ,’– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधीकरणका महानिर्देशक अधिकारीलाई जवाफ सोधेको पत्रमा भनिएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्