Logo

कोशीमा कांग्रेसलाई नसघाउने राप्रपाको निर्णय



काठमाडौं,२१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई समर्थन नगर्ने निर्णय गरेको छ ।

राप्रपा कोशी प्रदेशले कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारमा सहभागी हुने-नहुने बारेमा निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको थियो । अध्यक्ष लिङदेनले निक्कै लामो छलफलपछि हाललाई प्रदेशमा तटस्थ बस्ने र कांग्रेसलाई समर्थन नगर्ने निर्णय गरेको कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान सामाजिक विकासमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

प्रदेश सभामा ६ सांसद रहेको राप्रपा सरकार बनाउन र टिकाउन निर्णायक शक्तिकोरुपमा रहेको छ ।

९३ सदस्यीय प्रदेश सभामा ४७ सांसद (सभामुखसहित) को समर्थनमा कांग्रेस नेता थापाले आज दाबी पेस गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्