Logo

कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु



काठमाडौं, २१ असार । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । आज र भोलिसम्म चल्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालनका सन्दर्भमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot