Logo

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले गर्‍यो आजपनि राष्ट्रियसभामा अवरोध



काठमाडौं,२१ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रितम सिंहकी छोरीले लेखेको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बुधबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबे बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए ।

श्रेष्ठले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ति गर्छ रु प्रीतम सिंह राजनीतिमा चासो राख्नुहुन्थ्यो र मलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । प्रधानमन्त्रीज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्