Logo

गण्डकीमा पनि माग्यो एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा,प्रदेशसभा बैठक स्थगित्



काठमाडौं,२१ असार । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै भारतीय व्यवसायी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउ निक्कै मेहनत गरेर कयौं पटक दिल्ली धाएको अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरु एमाले र राप्रपाले  प्रधानमन्त्रीको राजीनामा माग गरेर सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

आजको बैठक सुरु हुनासाथ बोल्दै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेश सभा चल्न नदिने बताए ।

अर्को बैठक आजै १५ मिनेटपछि बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot