काठमाडौं, २१ असार । भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाले भारतमा रहेका विभिन्न देशका प्रमुहरूसँग सामूहिक छलफल गरेका छन्।
‘भाजपालाई जान्नुहोस्’अन्तर्गत भारतमा रहकेका विभिन्न मिसनका प्रमुख, राजदूत र उच्चआयुक्तसँग ५ जुलाईमा भाजपाको मुख्यालयमा छलफल गरेका हुन्।
अध्यक्ष नड्डासँगै राष्ट्रिय मिडिया इन्चार्ज अनिल बलुनी र विदेश मामिला विभाग प्रमुख डा विजय चौथाईवालेको उपस्थित रहेको थियो।
छलफलमा बंगलादेश, इजिप्ट, जर्मनी, ग्रीस, गुयाना, लेबनान, मलेसिया, मोजाम्बिक, दक्षिण कोरिया, सुरिनाम, स्वीडेन र तान्जानियाका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको भाजपाले जनाएको छ।