Logo

सभामुखलाई जोडेर कोशीको मुख्यमन्त्रीमा उद्धव थापाद्धारा दाबी पेस



काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ समक्ष थापाले आफ्नो पार्टी नेपाली कांग्रेससहित माओवादी केन्द्र,जसपा र नेकपा एसका गरी ४७ सांसद (सभामुखसहित) को समर्थनमा दाबी पेस गरेका हुन् ।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ सांसदको समर्थनमा दाबी पेस गरिएको कांग्रेस प्रदेश संसदीय दलका सचेतक भूपेन्द्र राईले जानकारी दिए ।

सभामुखलाई जोडेर दाबी पेस गर्न लागेको भन्दे एमालेले भने विरोध गरिरहेको छ । उसल प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै संविधान विपरितको निर्णय नलिन आग्रहसमेत गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्