Logo

माछाखोला जलविद्युतको पीपीए, एनआरएनएद्वारा प्रवर्द्धित हाईड्रोको अध्यक्षमा खगेन्द्र न्यौपाने



काठमाडौं, २१ असार । बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेघावाट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रि सम्झौता पीपीए सम्पन्न भएको छ।गोरखाको धार्चे गाउँपालिकामा निर्माण हुन लागिएको उक्त आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीका सचिव एवं ब्यवसायी खगेन्द्र न्यौपानेले गरेका छन्।

हाईड्रो संचालक समितिमा आनका महासचिव कृष्ण घिमिरे, सरोज धिताल, जोन घले र इन्द्र बहादुर ढकाल रहेका छन्। उक्त समूहले यस अगाडि सोहि क्षेत्रमा विकास हाईड्रो पावरको बिद्युत प्राधिकरणले दिएको समयभन्दा पहिलानै सम्पन्न गरी आरसीओडीसमेत गरिसकेको छ।

विकास हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश विकासमा सानो भएपनि थप योगदान गर्न सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेघावाट सुरू गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए।  मलेसियाका व्यवसायी न्यौपानेले देश विकासको महत्वपूर्ण आधार जलस्रोत, जंगल र जमिन नै भएको हुँदा गैरआवासीय नेपालीको पनि देश विकासमा ठूलो योगदान रहेको बताए।उनले आफूले अघिल्लो विकास हाईड्रोजस्तै यो हाईड्रोलाई पनि समयसीमाभन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरूको मन जित्ने दाबी गरे।

यस्तै, अर्का संचालक कृष्ण घिमिरेले विकास हाईड्रोलाई जस्तै यो प्रोजेक्टलाई माया गरिदिन आग्रह गरे। घिमिरेले छिट्टै अर्को हाईड्रोपनि निर्माण गर्ने तयारी गरेको बताए।

उक्त आयोजनाको वित्तिय ब्यवस्थापन गरि चाडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको र निर्माण कार्य करिब ३ वर्षमा सक्ने लक्ष्य राखिएको संचालक सरोज धितालले बताए।

सो आयोजना निर्माणका लागि देशविदेशमा रहेका नेपालीले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाईड्रो सम्पन्न गर्न सकेको र साना आयोजनामा मात्र लगानी गरिरहेकोमा अब निकट भविष्यमा नै १५ मेघावाटभन्दा माथि ५०/ १०० मेघावाटको आयोजना बनाउने गरि तयारी गरेको अष्ट्रेलियाका व्यवसायी एवं समाजसेवी जोन घलेले बताए।

जलविद्युत नै नेपालको भबिष्य भएको र यसमा क्रान्ति नै गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेका उनले बताए। उनले हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने र त्यस्तो टिमवर्क हामीमा छ त्यसैले सफल हुने बताए ।यस अगाडि निर्माण सम्पन्न गरि सफलतापूर्वक हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा म्यानेजिङ डाईरेक्टर कृण्ण घिमिरे, संचालक सरोज धितालले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसकेका छन्।

बिहीबार नेपाल विद्युत प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदिप कुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच पीपीए गरिएको हो।



प्रतिक्रिया दिनुहोस्