काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्।
सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले रिपोर्टर्स नेपाललाई बताए।
उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए।
त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ।