काठमाडौं, २१ असार । स्थानीय तहलाई कटौती गरेको ४० प्रतिशत वित्तिय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए।
यसअगाडि बैशाखमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदानको रकम ५० प्रतिशत अर्थात ५ अर्व ९ करोड कटौती गरिएकोमा अहिले त्यसमध्ये ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको उनले बताए।