काठमाडौं, २१ असार । भोलि(शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले मिटरब्याज पीडित सम्बन्धी अध्यादेश पारित गर्ने तयारी गरेको छ।
भोलि दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक अवरोध नभए सरकारले भोलि नै मिटरब्याज पीडित सम्बन्धी अध्यादेश पारित गर्ने तयारी गरेको होर
भोलिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
मिटरब्याज पीडित सम्बन्धी अध्यादेश ६० दिन पुगेकाले निष्क्रिय भएको हुँदा त्यसलाई प्रतिस्थापन गर्ने गरी केही ऐन ल्याएर सो अध्यादेश पारित गर्ने सरकारले तयारी गरेको छ।
तर, प्रतिपक्षी दल एमाले र राप्रपाले भोलिपनि संसद् अवरोध कायमै राख्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने बताउँदै आएका छन्।