Logo

एमालेले काँध थापेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको होः रामकुमारी झाँक्री



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुमत नगुमाएसम्म राजीनामा दिन आवश्यक नरहेको बताएकी छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको राजीनामा अपोजिसन पार्टीले आफ्नो मुद्दा उठाउने तरिकामात्रै भएको बताएकी हुन् । साथै, एमाले समर्थनमात्रै नगरेर काँध थापेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनको भनाई छ । उनले सरकारले बहुमत नगुमाएसम्म राजीनामा पोलिटिकल डिमाण्डमात्रै भएको बताईन् ।

‘अपोजिसनले आफ्नो मुद्दाहरु उठाइरहने तरिका पनि हो संसदीय पोलिटिक्समा । तर, त्यो त्यत्ति सिरियस विषय हो भन्ने लाग्दैन । कमरेड प्रचण्ड प्रारम्भमा नेकपा (एमाले) को समर्थनमामात्रै होइन, पुरै एमालेले काँध थापेरै भएको हो,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्