Logo

एसिसी इमर्जिङ कप: नेपालले कुन देशसँग कहिले खेल्दैछ ?



काठमाडौं,२२ असार । आगामी साताबाट श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आगामी २८ असारबाट सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग असार २९ गते खेल्नेछ ।

एसियाली क्रिकेट काउन्सीलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो दोस्रो खेलमा भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको‘ए’टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

यस प्रतियोगीतामा सहभागी ८ टिमलाई दुई समूहमा बाँढिएको छ । नेपाल भएको समूहमा नेपालसहित भारत ‘ए’,पाकिस्तान र यूएई रहेका छन् भने अर्को टिममा श्रलिंका ‘ए’,बंगलादेश‘ए’,ओमान‘ए’ र अफ्गानस्थान ‘ए’ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot