Logo

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा एमालेको अवरोध आजपनि कायमै



काठमाडौं,२२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए ।

अध्यक्षले समय दिएपछि बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गम्भीर खतरा उत्पन्न हुने काम गरेको भन्दै राजीनामा दिनुपर्ने अडान कायमै रहेको बताईन् । उनले नेपालको प्रधानमन्त्री सार्वभौंम संसदले बनाउने हो कि दिल्लीले भन्दै सरकारसँग प्रश्नसमेत गरेकी छन् ।

गत सोमबार काठमाडौंमा भएको एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाउको विवादास्पद अभिवयक्ति दिएका थिए । जसको अहिले तिब्र आलोचना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्