काठमाडौं,२२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको रिटमाथिको सुनुवाई सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाई भर्खरै सकिएको हो ।
यस पकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ ,धर्मप्रसाद गौतम र सुधीरकुमार साहले बनदी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
जसमा गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् भने गौतम डिल्लीबजार मालपोत कार्यालयका शाखा अधिकृत र साह पूर्व निर्वाचन आयुक्त हुन् ।